• सोमबार, भाद्र २९ २०८३

कमल थापा भन्छन् – सालिक राखेर राजा फर्कने होइन, इतिहासको सम्झना हो


बिहिबार, जेष्ठ १९ २०७९
575
Shares

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालगञ्जमा पूर्वराजा वीरेन्द्र शाहको सालिक पुनर्स्थापना गर्दा सरकारले अवरोध गर्नु ठिक नभएको बताएका छन्।

नेपालगञ्जको वीरेन्द्र चोकमा बिहीबार राप्रपाका कार्यकर्ताले राखेको वीरेन्द्रको शालिक प्रहरीले हटाएपछि झडप भएको थियो। धम्बोजी चोकमा पहिले पनि वीरेन्द्रको सालिक राख्न खोज्दा विवाद भएको थियो।

राप्रपा कार्यकर्ताले राखेको वीरेन्द्रको सालिक प्रहरीले हटाएपछि विवाद भएको छ। यसबारे अध्यक्ष थापाले सालिक राखेर राजा फर्कने नभई इतिहासको सम्झना मात्रै हुने बताएका छन्।

‘आन्दोलनको रापतापमा राजालगायत विपी,भानुभक्त समेतको सालिक तोडफोड गरियो। त्यो गलत थियो,’ उनले भनेका छन्, ‘नेपालगञ्जमा जहाँ पहिले राजा वीरेन्द्रको शालिक थियो त्यहाँ अहिले शालिक राख्न खोज्दा सरकारले अवरोध गर्नु ठीक भएन। शालिक राखेर राजा फर्कने होइन, इतिहासको सम्झना हो। लोकतन्त्र यति असहिष्णु हुनुहुन्न।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार