
गाेरखा । नेपाल पत्रकार महासंघ गोरखाका पुर्व अध्यक्ष भिमलाल श्रेष्ठ रेडियो टेलिभिजन समन्वय विभागको सदस्यमा मनोनित भएका छन् ।
श्रेष्ठ पत्रकार महासंघ केन्द्रिय समितिले गठन गरेको विभागको सदस्यमा मनोनित भएका हुन् ।
नेपाल पत्रकार महासघले महासंघको विधानका उद्देश्यहरुको परिपूर्ति र महासंघको हित सम्बद्र्धन गर्न विभिन्न विभाग निर्माण गरिरहेको र सो अन्तरर्गत रेडियो टेलिभिजन समन्वय विभाग गठन गरेको विभागले जनाएको छ ।
लामो समयदेखि पत्रकारिता गर्दै आएका श्रेष्ठ कान्तिपुर टेलिभिजनमा आवद्ध छन् ।


