
नेकपा माओवादी केन्द्रबाट स्थानीय तहमा निर्वाचित पालिका प्रमुख र उपप्रमुखहरु काठमाडौंमा भेला भएका छन् ।

बुधबारदेखि काठमाडौंको कमलपोखरीमा आयोजना गरिएको दुई दिने प्रशिक्षण कार्यक्रममा भाग लिन पालिकाका प्रमुख र उपप्रमुखहरु काठमाडौं आएका हुन् । माओवादीले देशभरि १२१ जना पालिका प्रमुख जितेको छ ।
त्यस्तै १२८ जना उपप्रमुख जितेको छ । कुल २४९ जना जनप्रतिनिधिलाई काठमाडौंमा बोलाएर प्रशिक्षण दिन लागिएको हो । प्रशिक्षण कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य एवं प्रदेश कमिटीका इञ्चार्ज र अध्यक्षहरुलाई पनि बोलाइएको छ
निर्वाचित जनप्रतिनिधिलाई संघीयताविद एवं राष्ट्रियसभाका सदस्य डा। खिमलाल देवकोटाले विज्ञका तर्फबाट प्रशिक्षण दिनेछन् । त्यसैगरी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीन बहादुर श्रेष्ठले पनि प्रशिक्षण दिने माओवादी अध्यक्षको सचिवालयका सदस्य रमेश मल्लले नेपालखबरलाई जानकारी दिए ।


