• शुक्रबार, साउन १५ २०८३

चुनाव खर्च बुझाउन गोरखाका उम्मेदवारलाई निर्वाचन कार्यालयको आग्रह (यस्ताे छ समयसिमा)


शनिबार, जेष्ठ १४ २०७९
1.5K
Shares

गोरखा । जिल्ला निर्वाचन कार्यालय गाेरखाले स्थानीय तह निर्वाचनमा आफुले गरेको खर्चको विवरण बुझाउन उम्मेदवारहरुलाई आग्रह गरेको छ ।

जिल्ला निर्वाचन कार्यालय गाेरखा प्रमुख टेक बहादुर काेइरालाद्धारा आज जेठ १४ गते शनिबार सुचना जारी गर्दै गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा सहभागी राजनीतिक दल वा स्वतन्त्र उम्मेदवारहरुलाई निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र खर्चको विवरण बुझाउन आग्रह गरेको छ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४(४) तथा स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ४० बमोजिम स्थानीय सदस्य निर्वाचनमा सहभागि प्रत्येक उम्मेदवार वा निजको प्रतिनिधिले निर्वाचनको अवधिमा भएको सम्पूर्ण खर्चको विवरण नियमावलीको अनुसुचि ३० बमोजिम ढाँचामा निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सम्वन्धित जिल्ला निर्वाचन कार्यालयमा बुझाउनु पर्ने कानूनी व्यवस्था रहेको निर्वाचन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

जसमा गोरखाका ११ स्थानीय तहका लागि समयसिमा समेत ताेकिएकाे छ । मत परिणाम सार्वजानिक भएकाे दिनलाई आधार मानेर समय सिमा ताेकिएकाे बताइएकाे छ ।

जसअनुसार अजिरकाेट गाउँपालिका भित्रका उम्मेदवारले जेठ ३१, आरुघाट, भिमसेन थापा र शहिद लखन गाउँपालिका उम्मेदवारले असार १, गण्डकी र धार्चे गाउँपालिकाका उम्मेदवारले असार २, गोरखा नगरपालिका, बारपाक सुलिकाेट र चुमनुब्री गाउँपालिकाका उम्मेदवारले असार ३ गते भित्र सम्पूर्ण निर्वाचन खर्च बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।

त्यस्तै पालुङटार नगरपालिका र सिरानचाेक गाउँपालिकाका उम्मेदवारले असार ४ भित्र खर्च बुझाइसक्न सूचनामा अनुराेध गरिएकाे छ ।

यस्तो छ, निर्वाचन खर्चको विवरण बुझाउनको लागि ढाँचा

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार