
भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहाल चढेको गाडी दुर्घटनामा परेको छ ।
शुक्रवार दिउँसो ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज अगाडि गाडी दुर्घटनामा परेको हो ।
दुर्घटनामा घाइते भएकी दाहालको सुमेरु अस्पतालमा उपचार भइरहेको छ।
दाहाल चढेको गाडी ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज अगाडि गाडी दुर्घटनामा परेको हो।
टायर पञ्चर भएका कारण पोलमा ठोक्किएर गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दाहालको टाउकोमा चोट लागेको छ। अवस्था भने खतरामुक्त रहेको जनाइएको छ।

