• शुक्रबार, साउन १५ २०८३

रचनात्मक तरिकाले विकासको काममा लाग्छु : उपमेयर डङ्गोल


शुक्रबार, जेष्ठ १३ २०७९
1.4K
Shares

This image has an empty alt attribute; its file name is cafe-de-chautari-1.gif

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नवनिर्वाचित उपप्रमुख सुनिता डङ्गोलले रचनात्मकरुपमा महानगर विकासमा जुट्ने बताएकी छिन् ।

This image has an empty alt attribute; its file name is Namaste-Mobile.gif

राष्ट्रियसभा गृहमा आयोजना भएको निर्वाचन परिणाम घोषणा तथा बधाई ज्ञापन कार्यक्रममा उपप्रमुख डङ्गोलले जनताले युवा पुस्तालाई गरेको विश्वासमा कमी आउन नदिने बताइन् ।

उनले भनिन्, “प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह निर्वाचित भएका छन्, त्यसैगरी ३२ वटै वडामा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी)का तर्फबाट विजय भएको जनप्रतिनिधि सबैसँग सहकार्य गरेर नगर विकासमा लाग्ने हो ।”

उनले जनताको लागि सेवक भई समग्र काठमाडौँ विकास आफ्नो प्राथमितामा रहेको उल्लेख गर्दै यसअघि पनि आफू सामाजिक काममै सक्रिय रहेकाले आगामी दिनमा नगरवासीले थपिदिएको जिम्मेवारी इमान्दारिताका साथ पूरागर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

नागरिकले दिएको हरेक मतलाई आफुलाई अठोट पूरा गर्ने बलियो सहारा बनाएको उनले बताइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार