• शुक्रबार, साउन १५ २०८३

काठमाडौँको मेयरमा बालेन शाह र उपमेयरमा सुनिता डंगोल विजयी


शुक्रबार, जेष्ठ १३ २०७९
2K
Shares

 

This image has an empty alt attribute; its file name is bajaj-0-offer-1.gif

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) विजयी भएका छन्।

निर्वाचन आयोगको आधिकारिक वेबसाइटका अनुसार बिहीबार ३२ वटै वडाको मतगणना सकिएसँगै बालेन मेयर विजयी भएका हुन्।

लौरो चिह्नमा स्वतन्त्र उम्मेदवारका रूपमा मेयर पदमा लडेका बालेनले ६१ हजार ७ सय ६७ मत प्राप्त गरेका छन्।

उनका निकटाम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना श्रेष्ठले ३८ हजार ३ सय ४१ मत ल्याएकी छन्।

एमालेका केशव स्थापितले ३८ हजार १ सय १७ मत पाएका छन्। बालेनले आफ्ना निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना सिंहभन्दा २३ हजार ४ सय २६ मत बढी ल्याएका छन्। त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका स्थापितभन्दा २३ हजार ६५० मत बढी पाएका छन्। सिर्जना सिंहले केशव स्थापितभन्दा २२४ मत बढी ल्याएकी छन्।

यस्तै, आँखीझ्याल चुनाव चिह्नमा लडेका स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७७० मत पाएका छन्।

राप्रपा उम्मेदवार मदनदास श्रेष्ठले ५ हजार ७७० मत प्राप्त गरेका छन्। विवेकशील साझाकी समीक्षा बास्कोटाले ६ सय ४७ मत प्राप्त गरेकी छन्।

यसैगरी, उपमेयरमा एमालेकी सुनिता डंगोल विजयी भएकी छन्। उनले ६८ हजार ६१२ मत पाएकी छन्। उपमेयरमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत पाएका छन्।

उपमेयरमै आँखीझ्याल चुनाव चिह्न लिएर उठेकी स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठ (महर्जन) ले १३ हजार ६९५ मत प्राप्त गरकी छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार