• शुक्रबार, साउन १५ २०८३

गोरखा नगरको कार्यपालिका र नगर सभामा काँग्रेसको एकल बहुमत


शुक्रबार, जेष्ठ १३ २०७९
1.6K
Shares

गोरखा । गोरखा नगरपालिकाको कार्यपालिका र नगरसभामा नेपाली काँग्रेसको एकल बहुमत हुने भएको छ ।

उपमेयरसहित ६ वटा वडा जितेको काँग्रेसको नगरकार्यपालिका सहित सभामा बहुमत आएको हो । मेयर, उपमेयरसहित २४ जना सदस्य रहने गोरखा नगरपालिकाको कार्यपालिकामा नेपाली काँग्रेसको उपमेयर सहित १४ जना सदस्य रहनेछन् भने नेकपा माओवादीको मेयरसहित ६ जना, नेकपा एमालेको २, नेकपा एसको १ र स्वतन्त्र १ रहने निश्चित भएकाे हाे ।

कार्यपालिकाको आगामी जेठ १९ गते हुने ८ जना कार्यपालिका सदस्यको निर्वाचनका लागि हिजो भएको मनोनयन दर्ताका क्रममा नेपाली काँग्रेस र नेकपा एसको मात्रै उम्मेदवारी परेपछि कार्यपालिकामा काँग्रेसको स्पष्ट बहुमत निश्चित भएकाे हो ।

८ जना कार्यपालिका सदस्यका लागि नेपाली काँग्रेसबाट निर्वाचित महिला सदस्य मध्येबाट रञ्जिला श्रेष्ठ, सावित्रा थापा पुलामी, अप्सरा बयलकोटी, कमला भट्ट, सिता मग्राती र दलित तथा अल्पसंख्यकको मनोनित तर्फबाट पम्फा गान्धारी र पवित्रा विक र नेकपा एसका तर्फबाट रामबहादुर रम्तेलको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत दिनबन्धु बरालले जानकारी दिएका छन् ।

८ जना पदका लागि आठै जनाको मात्रै उम्मेदवारी परेको उनले बताए । कार्यपालिकाका लागि चाहिने संख्याभन्दा बढि मनाेनयन नपरेपछि ति सदस्यहरु निर्बिराेध चयन भएकाे बताइएकाे छ । तर औपचारिक घाेषणा भने हुन बाँकी छ ।

त्यस्तै नगरसभामा समेत काँग्रेसकाे एकल बहुमत हुने भएकाे छ । मेयर, उपमेयरसहित ७५ जना सदस्य रहने नगरसभामा काँग्रेस एक्लैकाे ४८ जना सदस्य रहनेछन् भने माओवादीकाे १८, एमालेकाे ७, स्वतन्त्र १ र नेकपा एसकाे १ जना सदस्य रहने बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार