
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको माध्यमबाट राष्ट्रको भविष्यलाई अध्याँरो सुरुङतर्फ धकेल्ने प्रयास भएको बताएका छन्।

प्रतिनिधिसभाकाको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। गत मंगलबार प्रस्तुत भएको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै ओलीले जस्तो निर्वाचन हुनपर्ने हो त्यस्तो नभएको बताए।
‘यस निर्वाचनको माध्यमबाट हाम्रो संविधान, लोकतन्त्र, मानव अधिकार, मौलिक स्वतन्त्रता र राष्ट्रको भविष्यलाई अध्याँरो सुरुङतर्फ धकेल्ने प्रयास भयो,’ ओलीले भने।
‘निर्वाचन जस्तो हुनुपर्थ्यो त्यस्तो भएन। निर्वाचन भयो, एउटा खुसीको कुरा हो। तर, जस्तो निर्वाचन हुनुपर्थ्यो त्यस्तो भएन्,’ उनले भने, ‘परिणाम त्यस्तो प्रकट हुन पाएन। किनभने जनताले त्यसरी परिणाम प्रकट गर्न पाएनन्।’
उनले संविधान, लोकतन्त्र र मानव अधिकारलाई नै निर्वाचनले अध्याँरो सुरुङतर्फ लगेको टिप्पणी गरे।


