• सोमबार, भाद्र २९ २०८३

माओवादीले जित्यो १२१ पालिका प्रमुख


मंगलबार, जेष्ठ १० २०७९
615
Shares

नेकपा (माओवादी केन्द्र) ले गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा हालसम्म १२१ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना सम्पन्न भएका ७४० पालिकामध्ये काँग्रेसले १२१ मा जित निकालेको हो ।

निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटा स्थानीय तहमा निर्वाचन गरेको थियो । हाल ११ पालिकामा मतगणना जारी रहेको छ भने दुई वटा पालिकाको केही केन्द्रमा मतदान हुन बाँकी रहेको छ ।

मतगणना सम्पन्न भएको पालिकाहरुमा नेपाली काँग्रेस र नेकपा एमालेपछि माओवादीले धेरै पालिकामा विजय प्राप्त गरेको छ । आयोगका अनुसार हालसम्म कांग्रेसले ३२२ र एमालेले २०२ पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार