• मंगलबार, भाद्र ३० २०८३

आज संघीय सरकारले नीति तथा कार्यक्रम पेश गर्ने


मंगलबार, जेष्ठ १० २०७९
645
Shares

सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम आज संसदमा पेश गर्ने भएको छ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक आज अपरान्ह ४ बजेका लागि बोलाइएको छ।

आयात प्रतिस्थापन, आन्तरिक उत्पादन वृद्धि तथा प्रगतिशील विकासलाई अगाडि बढाउने लक्ष्यका साथ सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको छ। राष्ट्रपति भण्डारीले आज गठबन्धन सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय गरिएको सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले बताए।

२०७८ जेठ ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेका कारण चालु आव नीति तथा कार्यक्रम विहीन बन्न पुगेको थियो।

सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गरेर सार्वजनिक गरिएको नीति तथा कार्यक्रमलाई तत्कालीन पाँचदलीय गठबन्धनले अस्वीकार गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार