• शुक्रबार, साउन १५ २०८३

संघ र प्रदेशको निर्वाचनमा पनि तालमेल हुन सक्छ : नारायणकाजी श्रेष्ठ


मंगलबार, जेष्ठ १० २०७९
1.2K
Shares

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पाँच दलीय गठबन्धनबीच आगामी प्रदेश र संघको निर्वाचनमा पनि तालमेल हुने बताएका छन् ।

स्थानीय तह निर्वाचनमा गरिएको तालमेल असफल भएको निष्कर्ष नभएको र प्रदेश र सङ्घीय निर्वाचनसम्मै गठबन्धन दलहरूबीचको तालमेललाई निरन्तरता दिने पहिले नै निर्णय भएको बताए ।

‘तालमेल असफल भयो भन्ने अवस्था छैन । तर, पार्टीको औपचारिक बैठक बसेर समीक्षा गर्न बाँकी छ । समीक्षापछि तालमेल कति सफल र कति असफल भन्न सकिन्छ । यद्यपि, स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय गरेकै बेला संघ र प्रदेशमा पनि तालमेल गर्ने कुरा भएको छ’, श्रेष्ठले भनेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार