• शुक्रबार, साउन १५ २०८३

दुई दिन बिदा दिने सरकारको निर्णय शैक्षिक क्षेत्रमा अस्वीकार


मंगलबार, जेष्ठ १० २०७९
765
Shares

सरकारले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको कारण देखाउँदै शैक्षिक क्षेत्रमा दुई दिन साप्ताहिक बिदा दिन भनेर गरेको निर्णय दिन प्रतिदिन अन्योलमा पर्दै गएको छ। 

शिक्षा मन्त्रालयले वैशाख २८ गते सम्बन्धित सबैलाई पत्राचार गर्दै हप्तामा दुई दिन बिदा दिन र पाठ्यघण्टा मिलाउन हिउँदे, वर्षे र स्थानीय बिदा कटौती गर्न निर्देशन दिएको थियो।

मन्त्रालयले हप्ताको ६ दिन बिहान १० देखि अपरान्ह ४ बजेसम्म विद्यालय सञ्चालन गर्नुपर्ने र हिउँदे तथा वर्षे बिदा कटौती गरी पाठ्यभार मिलाउन सम्बन्धित निकायलाई परिपत्र गरेको हो।

मन्त्रालयको जेठ १ गतेदेखि लागू हुनेगरी हप्ताको दुई दिन बिदा दिन भनेर दिएको निर्देशन अमान्य भएको छ। केही स्थानीय तह र त्रिभुवन विश्वविद्यालयले तत्काल हप्ताको दुई दिन बिदा लागू नगर्ने जनाउँदै विद्यालयमा नियमित कक्षा सञ्चालन गरिरहेका छन्।

आज पनि त्रिभुवन विश्वविद्यालय अन्र्तगतका विद्यालय र केही स्थानिय तहका विद्यालयहरुमा नियमित कक्षा सञ्चालन भइरहेको छ।

उसो त त्रिभुवन विश्वविद्यालयले हप्ताको दुई दिन बिदा कार्यान्वयन नगर्ने बताएको छ।

त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले गत आइतबार सूचना जारी गर्दै ‘कोभिडको असरका कारण शैक्षिक पात्रो ढिलो भएको, पठनपाठन र परीक्षाको तालिका पहिले नै निर्धारण भइसकेको तथा विश्वविद्यालय पाठ्यक्रमको संरचना समेत ६ कार्य दिनलाई ध्यानमा राखेर निर्माण भइसकेको हुँदा आइतबार बिदा दिन नसक्ने जनाएको हो।

यस्तै, बूढानीलकण्ठ नगरपालिकाले वैशाख २९ गते नै गत आइतबार सूचना जारी गरेर आइतबार सार्वजानिक बिदा नदिन विद्यालयहरुलाई निर्देशन दिइसकेको हो। 

बूढानीलकण्ठ नगरपालिकाले पनि एक महिना ढिला नयाँ शैक्षिक सत्र शुरु भएकाले अर्को सूचना जारी नभएसम्म बिदा नदिन भनेको छ।  

यस्तै, भक्तपुर नगरपालिकाले पनि कुनै समस्या उल्लेख नगरी नगरपालिकाबाट अर्को सूचना जारी नभएसम्मको लागि साबिक बमोजिम नै विद्यालय सञ्चालन गर्नु भनेको छ। –नेपालखबर

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार