• सोमबार, भाद्र २९ २०८३

प्रधानमन्त्री देउवा र अमेरिकी उपविदेश मन्त्रीबीच भेटवार्ता


आइतबार, जेष्ठ ८ २०७९
945
Shares

k|d b]pjf–cd]l/sL pkljb]zdGqL–e]6 sf7df8f}F, * h]7 M k|wfgdGqL z]/axfb'/ b]pjf;Fu cfOtaf/ k|wfgdGqL lgjf;L afn'jf6f/df cd]l/sL gful/s ;'/Iff nf]stGq / dfgj clwsf/;DaGwL cd]l/sL pkljb]zdGqL ph|f lhofn] e]6 ub}{ . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार उपविदेशमन्त्री उज्रा जिया नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ।

बालुवाटारमा आइतबार भएको भेटवार्तामा उनीहरूबीच नेपाल-अमेरिका सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

प्रधानमन्त्री देउवाले अमेरिकी प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन्।

तिब्बत मामिलाका लागि अमेरिकी विशेष संयोजक समेत रहेका उनी तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार नेपाल आइपुगेकी हुन्। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार