• शुक्रबार, साउन १५ २०८३

हालसम्म ७०३ पालिकाको नतिजा आयो, कसले कति जिते?


आइतबार, जेष्ठ ८ २०७९
805
Shares

स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम आउनेक्रम जारी छ। निर्वाचन आयोगका अनुसार हालसम्म ७०३ पालिकाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। 

जसमध्ये नेपाली कांग्रेसले सर्वाधिक ३११ पालिकामा प्रमुख पद जितेको छ। प्रदेश १ बाट ६४ पालिकामा प्रमुख पद जितेको नेपाली कांग्रेसले मधेश प्रदेशबाट ४४ पालिका जितेको छ।

यस्तै बागमती प्रदेशबाट ५६ पालिका जितेको कांग्रेसले गण्डकीबाट ३५, लुम्बिनीबाट ४४, कर्णालीबाट ३२ र सुदूरपश्चिमबाट ३६ पालिकामा प्रमुख पद जितेको छ। 

यस्तै नेकपा एमालेले हालसम्म १९० पालिकामा प्रमुख पद जितेको छ। प्रदेश १ बाट ४२ पालिकामा प्रमुख जितेको एमालेले मधेश प्रदेशमा २३, बागमतीमा २६, गण्डकीमा ३५, लुम्बिनीमा २५, कर्णालीमा १५ र सुदूरपश्चिममा २४ पालिकामा प्रमुख पद जितेको छ। 

यस्तै नेकपा माओवादी केन्द्रले हालसम्म १२० पालिका जितेको छ। प्रदेश १ मा १२, मधेश प्रदेशमा ९,  बागमतीमा सर्वाधिक २६, गण्डकीमा ११, लुम्बिनीमा २५, कर्णालीमा २३ र सुदूरपश्चिममा १४ पालिकामा प्रमुख पद जितेको छ।

यस्तै चौथो स्थानमा रहेको जसपाले हालसम्म २७ पालिकामा प्रमुख पद जितेको छ। प्रदेश १ मा दुई पालिका जितेको जसपाले मधेश प्रदेशमा २२ वटा पालिका जितेको छ। लुम्बिनीमा ३ पालिका जितेको जसपा अन्य प्रदेशमा जितविहिन बनेको छ।

यस्तै चौथो ठूलो दल बनेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले हालसम्म १७ पालिकामा प्रमुख पद जितेको छ। 

प्रदेश १ मा दुई पालिका जितेको नेकपा एकीकृत समाजवादीले मधेश प्रदेशमा ११, बागमतीमा ५, कर्णालीमा ४ र सुदूरपश्चिममा २ पालिकामा प्रमुख पद जितेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार