• शुक्रबार, साउन १५ २०८३

भरतपुरमा ९०३०८ मत गणना सकियो, कसको कति ?


आइतबार, जेष्ठ ८ २०७९
565
Shares

चितवनको भरतपुर महानगरपालिकामा हालसम्म ९० हजार ३ सय ८ मत गणना भएको छ।

पछिल्लो गणना अनुसार सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दहालले ३५ हजार ४६० मत पाएर अग्रता लिइरहेकी छन्।

उनले एमाले-राप्रपा गठबन्धनका उम्मेदवारलाई ७५६५ मतले पछि पारेकी छन्। 

एमालेका उम्मेदवार विजय सुवेदीले २७ हजार ८ सय ९५ मत पाए। यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ८ सय ९७ मत पाएका छन्।

यस्तै उपमेयरमा पनि सत्ता गठबन्धनका उम्मेदवारले फराकिलो अग्रता बनाएका छन्। गठबन्धनबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका चित्रशेन अधिकारीले ३७६२४ मत पाएका छन्।

उनले राप्रपाकी हिमला गुरूङलाई १५ हजार ५ सय ६८ मतले पछि पारेका छन्। गुरूङले २२०५६ मत पाएकी छन्। अब चितवनमा करिब ३७ हजार मत गणना गर्न बाँकी छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार