• शुक्रबार, साउन १५ २०८३

पाँच बर्षअघिको हारलाई शक्तिमा बदल्यौ, जितको मुख्य आधार यहि हो: अध्यक्ष थापा


शुक्रबार, जेष्ठ ६ २०७९
855
Shares

मोहसिन अलि मियाँ
गोरखा ।
२०७४ सालमा नेपाली काँग्रेससंग नमिठो हार ब्यहोरेको नेकपा माओवादी केन्द्रले ५ बर्षमै जिल्लाको जनमत उल्ट्याएको छ ।

५ बर्षअघि काँग्रेसले ९ पालिका जित्दा माओवादी २ मा मात्रै सिमित थियो तर अहिलेको परिवेश ठिक उल्टो भएको छ । जहाँ माओवादी ९ मा जित्दा काँग्रेस २ पालिकामा सिमित बन्न पुगेको हो ।

सत्ता गठबन्धनभित्रै रहेका माओवादी र काँग्रेसले जिल्लाभरका स्थानीय तहमा चुनावी तालमेल गरेर जानकै लागि चुनावअघि औपचारिक र अनौपचारिक गरी १० पटकभन्दा बढी बैठक पनि ग¥यो । बैठकमा माओवादी केन्द्रले काँग्रेससंग चार पालिकाको प्रमुख माग गरेको थियो ।

तर आफुले जितेको पालिका माओवादीलाई सुम्पिन काँग्रेस तयार नहुँदा आज नमिठो हार चाख्न विवश छ ।

पालिका मात्रै होइन, माओवादीले वडामा पनि काँग्रेसले भन्दा बढी विजय हासिल गरेको छ । ९४ वडा रहेको गोरखामा माओवादीले ४३ जित्दा काँग्रेसले ३७ वडामा चित्त बुझाउन प¥यो । गठबन्धनको बैठकमा ४ पालिका मात्रै मागेको माओवादीले अप्रत्यासित जित कसरी हासिल ग¥यो ? अहिले ‘गोरखा’ देशकै चासोको बिषय बनेको छ ।

‘मतपरिणाम अप्रत्यासित हुदै होइन, यो स्वभाविक हो’ नेकपा माओवादी केन्द्र गोरखाका अध्यक्ष लेखबहादुर थापा मगरले सिभिलखबरसंगको कुराकानीमा भने ‘पाँच बर्षअघिको हार हामीले बिर्सिएका थिएनौ, त्यतिबेलाको हारलाई शक्तिमा बदल्यौ, याे विचमा संगठन बलियो बनाउन लाग्यौ, त्यसैको प्रतिफल आज मिलेको हो ।’

अध्यक्ष थापाका अनुसार जिल्लाभर आफ्नो पार्टीको संगठित सदस्यकाे संख्या २७ हजार २ सय ७२ रहेको र जितको मुख्य आधार नै त्यहि रहेको समेत दावी गरेका छन् ।

आफुहरुले गठबन्धन गरेर जाने बिषयलाई जोडदारका साथ उठाएको र काँग्रेससंग ४ पालिका मात्रै माग गरेको स्विकार गर्दै उनले गठबन्धन नहुने संकेत पाएलगत्तै योजनवद्ध रुपमा जित्न सक्ने बिभिन्न रणनैतिक विकल्पहरुलाई अघि सारेर चुनावमा जादा सफलता मिलेको बताउछन् ।

‘हामी केन्द्रको निर्देशन अनुसार तालमेलकै पक्षमा थियौ तर जति बैठक गर्दा समेत कुरा नमिलेपछि हामीले उनिहरुसंग छलफलपनि गरिरहने अनि आन्तरिक विकल्पहरु पनि अघि सारेर तयारीमा जुटिरह्यौै’ अध्यक्ष थापाले सिभिलखबरसंग भने ‘पहिलो नम्बरमा जनताको भावना बुझेर उम्मेदवार खडा ग¥यौ, बाहिरी प्रचार भन्दा घरघरमा गएर समुदायसंग छलफल ग¥यौ, आश्वासन दिनेभन्दा ५ बर्षमा काँग्रेसले गरेका कमजोरीलाई प्रचार ग¥यौ ।’

माओवादीलाई यतिका स्थानमा विजयी बन्नुमा कांग्रेस भित्रकाे आन्तरिक विवादले पनि साथ दियाे । केहि महिनाअघि सम्पन्न काँग्रेसकाे वडा, नगर, प्रदेश, क्षेत्र र जिल्ला अधिवेशनमा असन्तुष्ट बनेका कांग्रेसीकाे ‘सेन्टिमेण्ट’ लिन समेत सफल देखिएकाे माओवादीले पाँच बर्ष ९ पालिकामा कांग्रेसले चलाएकाे स्थानीय सरकारलाई नजिकबाट नियालेर साना साना कमजाेरीलाई समेत चुनावी एजेण्डा बनायाे ।

कांग्रेसले जनताकाे अपेक्षा अनुसार काम गर्न नसकेकाे भन्ने प्रचार गरेरै माओवादीले चुनाव जित्याे भन्नेहरु समेत अहिले बजारका चाेक-चाेकमा भेटिन्छन् । त्यस्तै काँग्रेसले कार्यकर्ताकाे चाहनाभन्दा पहुँचका आधारमा टिकट वितरण गरेकाे भन्ने आराेप खेप्दा यसकाे सिधा फाइदा पनि माओवादीलाई नै पुगेकाे देखिन्छ ।

त्यस्तै ९ पालिकामध्ये गोरखा नगरपालिका, गण्डकी गाउँपालिका लगायतमा जनता समाजवादी पार्टीसंग चुनावी तालमेल गर्दा समेत यसकाे सबै लाभ माओवादीलाई नै पुगेकाे देखिन्छ । तालमेल गरेका पालिकाहरुमा आफुले जित्दा माओवादीले जसपाको उम्मेदवारलाई भने जिताउन सकेन ।

जिल्लाका एक राजनीतिक विश्लेषक भन्छन् ‘जसपालाई हातमा लिएर माओवादीले दोहोरो गोली हान्यो, न जसपालाई जितायो न काँग्रेसलाई जित्न दियो ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार