• शुक्रबार, साउन १५ २०८३

चुमनुब्री गाउँपालिकामा माओवादी विजयी, अध्यक्षमा लामा र उपाध्यक्षमा गुरुङ निर्वाचित


शुक्रबार, जेष्ठ ६ २०७९
895
Shares

गोरखा । गोरखाको उत्तरी क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिकामा समेत नेकपा माओवादी विजयी भएकाे छ । साे पालिकाकाे अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादी केन्द्र विजयी बनेको हाे ।

माओवादी केन्द्र तर्फबाट अध्यक्षका उम्मेदवार निमा लामाले १६ सय २४ मत प्राप्त गरि विजयी बने । उनका निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका धन बहादुर गुरुङले १३ सय ११ मत प्राप्त गरेका छन् ।

उपाध्यक्ष विजयी भएकी माओवादी केन्द्रकि उम्मेदवार लक्ष्मी गुरुङले १५ सय ६५ प्राप्त गरिन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसकि मेतोक छोकी लामाले १३ सय ७ मत प्राप्त गरिन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार