गोरखा । सिरानचोक गाउँपालिकामा नेपाली कांग्रेस विजयी बनेकाे छ । जसकाे अध्यक्षमा कांग्रेसका ज्ञानेन्द्र गुरुङ विजयी बनेका हुन् ।
अध्यक्ष गुरुङले ५ हजार ४ सय ३ मत प्राप्त गरे । उनका निटकतम प्रतिस्पर्धी नेकपा माओवादीका उम्मेदवार नवराज पुडासैनीले ४ हजार १ सय ६८ मत प्राप्त गरेका छन् । अध्यक्षका अर्का उम्मेदवार नेकपा एमालेका देवराज श्रेष्ठले १ हजार ५ सय ४५ मत प्राप्त गरे ।
त्यस्तै उपाध्यक्ष पदमा समेत कांग्रेसकै रिता देवकोटा विजयी भएकी छिन । उपाध्यक्ष पदमा विजयी देवकोटाले ४ हजार ८ सय ४ मत प्राप्त गरिन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उपाध्यक्षका उम्मदेवार पुर्ण कुमारी ढकालले ३ हजार ९ सय २ मत प्राप्त गरिन् ।