
गोरखा । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहकाे निर्वाचनकाे अन्तिम मत परिणाम आउने क्रम जारी छ ।
११ स्थानीय तह रहेकाे गोरखामा हालसम्म २ नगरपालिकासहित ७ गाउँपालिका गरी ९ स्थानीय तहकाे अन्तिम मत परिणाम सार्वजानिक भइसकेकाे छ । जसमा हालसम्म ८ पालिकामा नेकपा माओवादी केन्द्र र १ मा नेपाली काँग्रेस विजयी बनेकाे छ ।



माओवादीले जितेका पालिकामध्ये गोरखा नगरपालिकामा कृष्ण राना मगर, पालुङ्गटार नगरपालिकामा विवश चिन्तन, अजिरकाेट गाउँपालिका दीपक देवकाेटा, बारपाक सुलिकाेटमा विष्णु भट्ट, धार्चेमा लक्ष्मण गुरुङ्ग, भिमसेन थापा गाउँपालिकामा लाेक प्रसाद बञ्जारा, गण्डकीमा दीपक तिमिल्सिना र शहिद लखन गाउँपालिकामा रमेशबाबु थापा मगर विजयी भएका हुन् ।
त्यस्तै हालसम्म नेपाली कांग्रेसले आरुघाट गाउँपालिकामा मात्रै जितेकाे छ । जसकाे अध्यक्षमा राजु गुरुङ्ग निर्वाचित भएका हुन् ।



गोरखाका ११ मध्ये ९ स्थानीय तहकाे परिणाम सार्वजानिक हुदा अन्य २ पालिकामा भने मगगणना जारी छ । जसमा बाँकी रहेका पालिकामध्ये सिरानचाेक गाउँपालिकामा नेपाली कांग्रेसका ज्ञानेन्द्र गुरुङ्ग र चुमनुब्रीमा माओवादीका निमा लामाले अग्रता लिइरहेका छन् ।
