गोरखा । गोरखा नगरपालिका वडा नम्बर ११ मा नेकपा माओवादीका रामबहादुर खड्का विजयी बनेका छन् ।
उनले नेपाली काँग्रेसका सुनिल कुवँरलाई पराजित गर्दै विजयी बनेका हुन् । विजयी खड्काले ३९० मत ल्याएका छन् भने कुवँरकाे ३६९ मत आएकाे छ ।
यससंगै गोरखा नगरपालिकामा माओवादी विजयी बनेकाे वडा संख्या ४ पुगेकाे छ ।
नगरप्रमुख पदमा समेत माओवादीकै उम्मेदवार कृष्ण रानाले अग्रता लिइरहेका छन् ।


