• शुक्रबार, साउन १५ २०८३

काठमाडौंमा २८ हजार मतगणना सकियो, कसको कति ?


मंगलबार, जेष्ठ ३ २०७९
695
Shares

स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौँ महानगरपालिकाको प्रमुखका लागि झण्डै २८ हजार मतपत्रको गणना सकिएको छ। मंगलबार दिउँसो १ बजेर ३० मिनेटसम्म २७ हजार ७३४ मतपत्रको गणना सकिएको हो। 

पछिल्लो मतपरिणाम अनुसार महानगर प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ११ हजार १३ मत प्राप्त गरेका छन्।

उनलाई ५ हजार ९५६ मतसहित नेकपा एमालेका उम्मेदवार केशव स्थापित ५ हजार ९५६ मतका साथ पछ्याइरहेका छन्। तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहको मत ५ हजार २११ रहेको छ।

काठमाडौँमा अहिले ३, ४, ५, ६, ३०, ३१ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ। वडा नम्बर १ र २ को मतगणना सम्पन्न भइसकेको छ। 

काठमाडौँ–१ मा एमालेका भारतलाल श्रेष्ठ र २ मा एमालेकै राजेन्द्रकुमार श्रेष्ठ वडाध्यक्षमा विजयी भइसकेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार