• शुक्रबार, साउन १५ २०८३

धार्चे गाउँपालिकामा माओवादी विजयी, अध्यक्षमा लक्ष्मण, उपाध्यक्षमा सुनिला


मंगलबार, जेष्ठ ३ २०७९
1.8K
Shares

गोरखा । गोरखाकाे धार्चे गाउँपालिका नेकपा माओवादी केन्द्रले जितेकाे छ । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका सन्ताेष गुरुङलाई हराउदै माओवादीका लक्ष्मण गुरुङ्ग विजयी बनेका हुन् ।

अध्यक्ष गुरुङले ३७ सय ७१ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सन्तोषले १९ सय ४६ मत प्राप्त गरे ।

त्यस्तै उपाध्यक्षमा पनि माओवादीकै सुनिला गुरुङ विजयी बनेकी छिन् । उनले कांग्रेसकै फुलमाया गुरुङलाई हराउदै विजयी बनेकी हुन् । विजयी सुनिलाले ३७ सय ७९ मत ल्याइन भने निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी फुलमायाले १९ सय ७६ मत ल्याएकी छिन ।

पराजित कांग्रेसका दुवै उम्मेदवार यस अघिका अध्यक्ष, उपाध्यक्ष हुन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार