
भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)की रेणु दाहालले आफ्नो मतान्तर बढाउदै अग्रतालाई निरन्तरता दिएकी छन् । नेकपा (एमाले)का विजय सुवेदीलाई २०७ मतान्तरले पछाडि पार्दै माओवादीकी रेणुले अग्रतालाई निरन्तरता दिएकी हुन् ।
ताजा मतपरिणाम अनुसार रेणु दाहालले ६,५६६ मत प्राप्त गरेकी छन्, भने एमालेका विजय सुवेदीले ६,३५९ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ३,१९९ मत प्राप्त गरेका छन् ।
यसका साथै भरतपुर महानगरको उपमेयरमा पनि कांग्रेसका चित्रसेन अधिकारीले अग्रतालाई निरन्तरता दिएका छन् । उनले ७,९७८ मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले ५,२२९ प्राप्त गरेकी छन् ।


