गोरखा । गण्डकी गाउँपालिकामा नेकपा माओवादी विजयी बनेकाे छ । नेपाली कांग्रेसका उम्मेदवार हाेम बहादुर रानालाई हराउदै माओवादी केन्द्रका दिपक तिमिल्सिना विजयी बनेका हुन् ।
अध्यक्ष तिमिल्सिनाले ६ हजार ३ सय २६ मत ल्याए भने उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका रानाले ४ हजार ६ सय ५५ मत प्राप्त गरे ।



त्यस्तै उपाध्यक्षमा भने नेपाली काँग्रेसले विजय हासिल गरेकाे छ । कांग्रेसकी ललिता अधिकारीले जनता समाजवादी पार्टिका उम्मेदवार भिम श्रेष्ठलाई पराजित गर्दै जित हासिल गरेकी हुन् ।
उपाध्यक्षमा विजयी अधिकारीले ४ हजार ८ सय २१ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टीका श्रेष्ठले ४ हजार ४४ मत प्राप्त गरे ।अधिकारी यसअघि समेत उपाध्यक्ष थिइन् ।
गण्डकी गाउँपालिकामा माओवादी र जसपाकाे गठबन्धन थियाे ।