
काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले अग्रता थप फराकिलो बनाएका छन् ।
आज बिहानको ताजा मत परिणाम अनुसार बालेनले ४ हजार ७८८ को मतान्तर बनाएका हुन् ।

साहले १० हजार २४१ मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थापितले ४ हजार ७८८ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ५ हजार ४९९ मत पाएकी छिन् ।
राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ८४५, स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६९१ मत र विवेकशील साझा पार्टीकी समिक्षा बास्कोटाले १०७ मत पाएकी छन् ।
उपमेयर पदमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले ९ हजार ४१९ मतसहित अग्रता कायम गरेका छन् ।
सत्ता गठबन्धनबाट उपमेयरको साझा उम्मेदवार बनेका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २ हजार ५७५ मत पाएका छन् । राप्रपाकी उम्मेदवार विनिता मगैयाको पक्षमा १ हजार ७०९ र विवेकशील साझा पार्टीकी कीर्ति तुलाधरको पक्षमा ४०४ मत पाएकी छन् ।


