
गोरखा। गोरखा नगरपालिका वडा नम्बर १० मा नेपाली कांग्रेसको प्यानल नै बिजयी भएको छ ।
वडाध्यक्षमा कांग्रेसबाट उम्मेदवार बनेका प्रदिप कुवँर विजयी बनेका हुन् । उनले ८ सय ६४ मतले विजयी भएका हुन भने प्रतिद्धन्दी नेकपा एमालेका कमान सिंह राना मगरले ५ सय १५ मत ल्याएका छन ।
त्यस्तै वडा सदस्यहरुमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका सावित्री थापा पुलामी, गोकर्ण बहादुर थापा, ज्ञानु राना र लक्ष्मी काेइराला विजयी बनेका छन् ।
