
गोरखा । गाेरखा नगरपालिका वडा नम्बर ९ मा नेपाली विजयी बनेकाे छ । वडाध्यक्षमा कांग्रेसबाट उम्मेदवार बनेका कुल बहादुर कुवँर विजयी बनेका हुन् ।



यसअघि समेत वडाध्यक्षकाे पद सम्हालिसकेका कुवँरले ६०१ मत ल्याउदै विजयी बनेका हुन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार भिमसेन बस्नेतलाई ५५ मतान्तरले हराउदै कुवँर विजयी बनेका हुन् ।
त्यस्तै सदस्यहरुमा कांग्रेसकै देवेन्द्र बस्नेत, पदम कुमारी श्रेष्ठ, बेलीमाया सिर्मल र एक सदस्य भने माओवादीका माेहन थापा मगर विजयी बनेका छन् ।

