गोरखा । गोरखाको शहिद लखन गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा माओवादी केन्द्र विजयी बनेकाे छ । अध्यक्षमा रमेश बाबु थापा मगर र उपाध्यक्षमा इन्दिरा तिवारी निर्वाचित भएका हुन् ।
अध्यक्षमा थापा मगरले ५ हजार ४७४ मत ल्याउदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार नारायण प्रसाद लामिछानेले ४ हजार ४३२ मत ल्याएका छन् । उपाध्यक्षमा निर्वाचित तिवारीले ४ हजार ९९६ मत ल्याएकी छन् ।



उनका प्रतिस्पर्धी उम्मेदवार कांग्रेसकी शर्मिला श्रेष्ठले ४ हजार ४३२ मत ल्याएका छन् । कुल १५ हजार ३९१ मत खसेको थियो ।
मगर र तिवारी दोस्रो कार्यकालका लागी पुनः अध्यक्ष उपाध्यक्षमा निर्वाचित भएका हुन् । यसअघिको स्थानीय तह निर्वाचनमा पनि मगर अध्यक्ष र तिवारी उपाध्यक्षमा निर्वाचित भएका थिए ।
९ वटा वडा रहेको उक्त पालिकामा माओवादी र कांग्रेसले ४\४ र नेकपा एमालले एउटा वडा जितेको छ । वडा नम्वर १ नेकपा एमाले, २, ४, ५ र ९ माओवादी केन्द्र र ३, ६, ७ र ८ मा कांग्रेस बिजयी भएको हो ।


