
गोरखा । गोरखा नगरपालिकाकाे नगरप्रमुख पदमा नेकपा माओवादी केन्द्रले अग्रता लिएकाे छ । १४ मध्ये ९ वटा वडाकाे मतगणना सकिदासम्म नगरप्रमुख पदमा नेकपा माओवादीका कृष्ण राना मगरले १ हजार ५ सय ५३ मतले अग्रता लिएका हुन् ।

हालसम्म काे ५ हजार ९ सय १३ आउदा कांग्रेसका राजनराज पन्तले भने ४ हजार ३ सय ६० मत ल्याएका छन् । नगरप्रमुख पदमै नेकपा एमालेबाट उम्मेदवार बनेकी सम्झना देवकाेटाकाे ३ हजार ६ सय ६१ मत आएकाे छ ।
त्यस्तै उपप्रमुखमा भने नेपाली काँग्रेस अघि छ । जसमा कांग्रेसकी मसली माया थाेकर (सपना पुन) ले ४ हजार ५ सय १७ मत प्राप्त गर्दै अग्रता लिइरहेकी छिन् । उनलाई जनता समाजवादी पार्टीका नारायण खत्रीले पछ्याइरहेका छन् ।
हालसम्म खत्रीकाे ४ हजार ३ सय २७ मत आएकाे छ भने नेकपा एमाले उम्मेदवार देवी बहादुर बस्नेतकाे ३ हजार ५ सय १६ मत प्राप्त भएकाे छ ।



वडा नम्बर ९ सम्मकाे मतगणना सकिदासम्म गोरखा नगरपालिकामा नेकपा माओवादीले ४, ७ र ८, नेपाली काँग्रेसले १, २ र ९, नेकपा एमालेले ३ र ५ त्यस्तै वडा नम्बर ६ मा भने स्वतन्त्रका उम्मेदवदार दिलिप जाेशीले जित हासिल गरेका छन् ।
अब गोरखा नगरपालिकामा ५ वटा वडाकाे मतगणना बाँकी छ । हाल वडा नम्बर १० काे मतगणना जारी छ ।


