• शुक्रबार, साउन १५ २०८३

बालेन शाहको अग्रता बढ्दै, तीन हजार बढी मतले अघि


सोमबार, जेष्ठ २ २०७९
1K
Shares

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (बालेन)ले तीन हजार मतको अग्रता बनाएका छन् ।

राष्ट्रिय सभागृहमा जारी मतगणनाको पछिल्लो परिणामअनुसार साहले ३ हजार १३० को मतान्तर बनाएका हुन् ।

साहले ६ हजार ६९२ मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थापितले ३ हजार ५६२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ३ हजार १२६ मत पाएकी छिन् ।

अहिलेसम्म वडा नं १ र २ को मतगणना भइसकेको छ भने वडा नं ३, ४, ५, ६, ३१ र ३२ को मत गणना भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार