• शुक्रबार, साउन १५ २०८३

आरुघाटमा नेपाली काँग्रेस विजयी, अध्यक्षमा गुरुङ, उपाध्यक्षमा नेपाली


सोमबार, जेष्ठ २ २०७९
2K
Shares

गोरखा । आरुघाट गाउँपालिकामा नेपाली काँग्रेस विजयी बनेकाे छ । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका राजु गुरुङ्ग गाउँपालिका अध्यक्षमा निर्वाचित बनेका हुन् ।

साेमबार बिहान सकिएकाे मतगणना अनुसार गुरुङ्गले नेकपा एमालेका उम्मेदवार कृष्ण नेपालीलाई हराउदै विजयी बनेका हुन् । अध्यक्ष गुरुङ्गले ५५५६ मत ल्याउदा नेपालीकाे ४८३३ मत आएकाे छ ।

उपाध्यक्षमा समेत काँग्रेसकै कल्पना नेपाली विजयी बनेकी छिन् । उनले एमालेकै सिता दाहाललाई पराजित गरेकी हुन् ।

नेपालीले ५६३१ मत ल्याउदा दाहालकाे ३०६१ मत आएकाे छ ।

१० वटा वडा रहेकाे आरुघाटमा वडा नम्बर १, २, ३, ७ र ८ नेपाली काँग्रेसले जितेकाे छ भने वडा नम्बर ४, ५, ६ र १० मा एमाले र ९ मा माओवादी केन्द्रले वडाध्यक्ष जितेकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार