• शनिबार, साउन १६ २०८३

शहिद लखन ७ मा कांग्रेसका शरण श्रेष्ठकाे प्यानल विजयी


सोमबार, जेष्ठ २ २०७९
1.4K
Shares

गोरखा । शहिद लखन गाउँपालिका वडा नम्बर ७ मा नेपाली काँग्रेस विजयी बनेकाे छ । वडा नम्बर ७ काे राती अबेर सकिएकाे मतगणना अनुसार कांग्रेसबाट उम्मेदवार बनेका शरण श्रेष्ठ विजयी बनेका हुन् ।

उनि दाेस्राे कार्यकालका लागि वडाध्यक्षमा विजयी बनेका हुन् ।

उनले नेकपा माओवादीबाट उम्मेदवार बनेका भरतबहादुर आलेलाई हराउदै वडाध्यक्षमा चयन भएका हुन । श्रेष्ठले ९०३ मत ल्याउदा आलेकाे ६४२ मत आएकाे छ ।

त्यस्तै सदस्यहरुमा समेत काँग्रेसकै उम्मेदवारहरु विजयी बनेका छन् । जसमा डिल बहादुर गरञ्जा, हाेम बहादुर थापा, हस्तकुमारी गुरुङ र टकमाया परियार रहेकाे बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार