• शनिबार, साउन १६ २०८३

गोरखा नगरपालिका ६ मा स्वतन्त्र उम्मेदवार दिलिप जाेशी विजयी


सोमबार, जेष्ठ २ २०७९
1.1K
Shares

गोरखा । गाेरखा नगरपालिका वडा नम्बर ६ मा स्वतन्त्र उम्मेदवार दिलिप जाेशी विजयी बनेका छन् ।

गुलाफ चिन्हबाट उम्मेदवार बनेका जाेशीले नेपाली काँग्रेसबाट उम्मेदवार बनेका आनन्द गुरुङ (काजी) लाई हराउदै वडाध्यक्षमा विजयी बनेका हुन् ।

जाेशीले ६०८ मत ल्याउदा कांग्रेसका गुरुङकाे ५०६ मत आएकाे छ । नेकपा एमालेबाट वडाध्यक्षमा उम्मेदवार बनेका सानुकाजी वन्तले २६३ मत प्राप्त गरेका छन् । वडासदस्यमा भने चारै जना काँग्रेसका उम्मेदवार विजयी बनेका छन् ।

जसमा रञ्जिला श्रेष्ठ, सित्तलकाजी मास्के, मिलन राना मगर र मनिषा परियार रहेकाे बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार