• शनिबार, साउन १६ २०८३

अजिरकाेट गाउँपालिकामा माओवादी विजयी, अध्यक्षमा देवकाेटा, उपाध्यक्षमा भुजेल


आइतबार, जेष्ठ १ २०७९
1.7K
Shares

गोरखा । गोरखाको अजिरकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी बनेकाे छ । नेपाली काँग्रेसलाई पराजित गर्दै माओवादी केन्द्रले विजय हासिल गरेकाे हाे ।

जसकाे अध्यक्षमा दिपक देवकोटा निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका गोबिन्द गुरुङलाई हराउँदै बिजयी भएका हुन् । देवकोटाले ३७८७ मत प्राप्त गरे भने कांग्रेसका गुरुङले ३२८९मत ल्याए ।

उप प्रमुखमा पनि माओवादी केन्द्रका उम्मेदवार अनिता भुजेल बिजयी भएकी छिन् । नेपाली कांग्रेसबाट उपप्रमुख पदकी उम्मेदवार इन्द्र गुरुङलाई हराउँदै उनी बिजयी बनिन् । उनले ३५३२ मत ल्याएर बिजयी हुदा गुरुङले ३३६१ मत ल्याएको अजिरकोट गाउँपालिकाका मूख्य निर्वाचन अधिकृत कमलराज भण्डारीले बताए ।

गाउँपालिकासंगै माओवादीले अजिरकोटकाे १, २, ३ नम्बर वडा समेत जितेकाे छ । वडा नम्बर ४ र ५ भने कांग्रेसले जितेको बताइएकाे छ । साे पालिका यसअघि नेपाली काँग्रेसले जितेकाे थियाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार