• शनिबार, साउन १६ २०८३

गोरखाको ९४ मध्ये ३५ वडाको मतपरिणाम सार्वजनिक, माओवादी पहिलाे स्थानमा


आइतबार, जेष्ठ १ २०७९
840
Shares

गोरखा । गोरखामा रहेका ११ स्थानीय तहका ९४ वडामध्ये हालसम्म ३५ वटा वडाको मत परिणाम सार्वजानिक भएकाे छ ।

आइतबार बेलुका ७ बजेसम्म सार्वजानिक भएकाे मतपरिणाम अनुसार गोरखामा नेकपा माओवादी केन्द्रले १६ वटा वडा जितेको छ । त्यस्तै नेपाली कांग्रेसले १२ वटा वडामा बिजयी हाँसिल गरेको छ भने एमाले ६ र जनता समाजवादी पार्टी एउटा वडामा बिजयी भएको छ ।

माओवादी केन्द्रले जितेका वडाहरुमा गोरखा नगरपालिका ४, पालुङटार नगरपालिका २ र १०, अजिरकोट गाउँपालिका १, २ र ३, धार्चे १ र २, भिमसेन १, शहीदलखन २ र ४, गण्डकी गाउँपालिका १ र २ बारपाक सुलिकोट २ र ४ जितेको छ । चुमनुब्री ६ मा माओवादी केन्द्रबाट वडा अध्यक्ष यसअघि नै निर्विराेध चयन भएका थिए ।

यस्तै कांग्रेसले जितेका वडाहरुमा गोरखा नगरपालिका १ र २, भिमसेन थापा गाउँपालिका २ र ३, शहीदलखन गाउँपालिका ३, सिरानचोक गाउँपालिका १, बारपाक सुलिकोट गाउँपालिका १ र ३, अजिरकोट ४, आरुघाट गाउँपालिका १, २ र ३ मा बिजयी भएको छ ।

एमालेले आरुघाट गाउँपालिका ४ र ६ गोरखा नगरपालिका ३ र ५ शहीदलखन गाउँपालिका १ र धार्चे गाउँपािलका ३ मा वजय हािसल गरेको छ ।

जनता समाजवादी पार्टीले पालुङटार नगरपालिका १ मा बिजयी हाँसिल गरेको छ । साे वडा पार्टीका संघिय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईको गृहवडा पनि हाे । हाल सबै पालिकामा मत गणाना जारी रहेकाे बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार