• शनिबार, साउन १६ २०८३

पालुङ्टार नगरपालिका २ र १० मा माओवादी केन्द्र बिजयी


आइतबार, जेष्ठ १ २०७९
2.3K
Shares

गोरखा। पालुङ्टार नगरपालिका वडा नम्बर २ मा माओवादी केन्द्रकाे प्यानल विजयी बनेकाे छ । साे वडामा माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार कृष्ण बहादुर थापा मगर सहित प्यानलै विजयी भएकाे हाे ।

थापा मगरले ८४६ मत प्राप्त गरेका छन भने प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका रामचन्द्र मरहट्टाले ६४७ मत प्राप्त गरेका छन । विजयी वडा सदस्यमा मनिका अधिकारी (लिम्बु), मिना नेपाली, गोविन्द वस्ती र गंगा बहादुर बलकोटी विजयी रहेका छन् ।

त्यस्तै १० न वडामा माओवादी केन्द्रका उम्मेदवार रिखीराज धौराली विजयी बनेको छ । धौरालीले ४४४ मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले ३५८ मत प्राप्त गरेका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार