गोरखा । गोरखा नगरपालिकाकाे मेयर पदमा नेपाली कांग्रेसले अग्रता लिएकाे छ । गोरखा नगरपालिका वडा नम्बर १, २, ३, ४ काे अन्तिम मतपरिणाम र वडा नम्बर ५ मा ५५० मत गन्दा नेपाली काँग्रेसले अग्रता लिएकाे हाे ।
जसमा कांग्रेसका राजनराज पन्तले २४२८ मत ल्याएका छन् । हाल उनलाई नेकपा एमालेकी सम्झना देवकाेटाले २३५९ मत ल्याउदै पछ्याइरहेकी छिन् ।
हालसम्मकाे मतगणनामा उपमेयरमा समेत कांग्रेसकै मसली माया थाेकर पहिलाे स्थानमा छिन । उनले २४६१ मत ल्याएकी छिन भने दाेस्राेमा एमालेका देवी प्रसाद बस्नेतले २२५४ मत ल्याएका छन् ।
त्यस्तै मेयर पदमा नेकपा माओवादीका कृष्ण राना तेस्राे स्थानमा छन् उनले हालसम्म १८७९ मत ल्याएका छन् । उपमेयरमा जनता समाजवादी पार्टी र माओवादी गठबन्धनका नारायण खत्रीले ११७९ मत ल्याउदै तेस्राे स्थानमा रहेकाे बताइएकाे छ ।
हालसम्म गोरखा नगरपालिकाकाे १ र २ नेपाली कांग्रेस, ३ एमाले र ४ माओवादीले विजय हासिल गरेका छन् । हाल वडा नम्बर ५ काे मतगणना चलिरहेकाे र अहिले दिउँसाे ३ बजेसम्म ५५० काे मतगणनामा नेपाली काग्रेसले १७६ मत, एमालेले १७५ र माओवादीले १०४ मत ल्याएका छन् ।