
गोरखा । भिमसेन थापा गाउँपालिका वडा नम्बर २ र ३ मा नेपाली कांग्रेसको प्यानल विजयी बनेको छ ।
२ न वडामा कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार नारायण प्रसाद भट्टराई ७ सय ५२ मत ल्याउदै विजयी बनेका हुन् भने प्रतिद्धन्द्धी माओवादी केन्द्रका उम्मेदवारले ४८४ मत ल्याएका छन् । भट्टराई दोस्रो कार्यकाल वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
त्यस्तै ३ न वडाको वडाध्यक्षमा कांग्रेसका उम्मेदवार ऋषि लामिछानेले ५८८ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवारले २६२ मत ल्याएका छन् ।


