गोरखा । गाेरखाका अन्य १० पालिकाकाे मतगणना जारी रहदा हालसम्म पनि मतगणना सुरु नभएकाे चुमनुब्री गाउँपालिकामा सबै मतदान केन्द्रबाट मतपेटिका सिर्दिवास आइपुगेकाे छ ।
२१ मतदान केन्द्र रहेकाे चुमनुब्रीमा आज बिहानसम्ममा सबै मतपेटिका गाउँपालिकाकाे केन्द्र सिर्दिवास ल्याइएकाे निर्वाचन अधिकारी नानीबाबु पाेखरेलले सिभिलखबरलाई जानकारी दिए ।
७ वटा वडाबाटै मतपेटिका आइसकेकाले अब मतगणनाकाे प्रकृया अघि बढाउने तयारी भइरहेकाे उनले बताए । केहि बेरमा पालिकाकाे सर्वदलिय बैठक बसेर मतगणनाकाे प्रकृया अघि बढ्ने उनकाे भनाई छ ।
सडक सञ्जालले नजाेडिएकाे साे पालिकाका सबै केन्द्रबाट मान्छेलाई बाेकाएर मतपेटिका केन्द्रमा ल्याइएकाे हाे । चुमनुब्री बाहेकका अन्य १० पालिकामा भने शुक्रबार रातीदेखि नै मतगणना जारी छ ।