गोरखा । गोरखाकाे आरुघाट गाउँपालिका वडा नम्बर १, २ र ३ मा नेपाली काँग्रेसकाे प्यानल नै विजयी बनेकाे छ । वडा नम्बरमा सूर्य घलेले ११८७ मत ल्याउदै विजयी बनेका हुन् ।
उनका निकटतम प्रतिस्प्रधी नेकपा एमालेका विर्ख गुरुङ्गले ४६४ मत ल्याएका छन् । साे वडामा वडासदस्यहरु समेत काँग्रेसले नै जितेकाे छ ।
त्यस्तै वडा नम्बर २ मा पनि काँग्रेसले नै जित हासिल गरेकाे छ । नेपाली काँग्रेसका जिल्ला सभापति नन्द प्रसाद न्याैपानेकाे गृह वडा समेत रहेकाे साे वडामा काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार बनेका रमेश लामिछानेले ८९४ मत ल्याउदै विजयी बनेकाे हाे ।
उनका निकटतम प्रतिस्प्रधी नेकपा एमालेका कर्ण घलेले २८० मत ल्याएका छन् । यसैगरी आरुघाट गाउँपालिकाकाे वडा नम्बर ३ पनि काँग्रेसकाे प्यानलले नै जितेकाे छ ।
त्याहाँकाे वडाध्यक्षमा टेक बहादुर अधिकारीले ५०६ मत ल्याउदै जितेका हुन् । उनका निकटतम प्रतिस्प्रधी नेकपा एमालेले ४२६ मत ल्याएकाे छ । साविक थुमी गाविसमा साे वडा यसअघि नेकपा एमालेकाे किल्लाका रुपमा चिनिदै आएकाे थियाे ।
आरुघाट गाउँपालिकाकाे अध्यक्षमा समेत हालसम्म नेपाली काँग्रेसले नै अग्रता लिइरहेकाे छ । ३ वटा वडाकाे गणना सकिदा काँग्रेसका राजु गुरुङ्गले २७५९ मत ल्याउदै पहिलाे स्थानमा छ भने उनका निकटतम प्रतिस्प्रधी नेकपा एमालेका कृष्ण नेपालीकाे १०८५ मत रहेकाे बताइएकाे छ ।