• शनिबार, साउन १६ २०८३

गोरखा नगरपालिका ३ र शहिद लखन १ मा एमालेकाे प्यानल नै विजयी


आइतबार, जेष्ठ १ २०७९
700
Shares

गोरखा । गोरखा नगरपालिका वडा नम्बर ३ मा नेकपा एमाले विजयी बनेकाे छ । साे वडाकाे वडाध्यक्षमा एमालेका उम्मेदवारले चुल बहादुर कुवँर १०१२ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् ।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार केदारबाबु बस्नेतले ८४३ मत ल्याए । त्यस्तै वडासदस्यहरुमा बब्लु राना, इच्छा थापा, अञ्जना खनाल विजयी बनेका छन् । विजयी वडासदस्यहरु समेत एमालेकै उम्मेदवार हुन् ।

त्यस्तै गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर १ मा पनि नेकपा एमालेकाे प्यानल विजयी बनेकाे छ । साे वडामा एमालेबाट वडाध्यक्षका उम्मेदवार प्रेम गुरुङ सहित प्यानलै विजयी भएकाे हाे ।

गुरुङ्गले ६ सय ४७ मत ल्याउदै विजयी बनेका हुन् भने प्रतिद्धन्द्धी नेपाली कांग्रेसका टोप बहादुर आलेले ४ सय ५४ र माओवादीका सन्जिप थापाले ४ सय ७ मत ल्याएका छन् ।

विजयी वडा सदस्यमा सुनिता थापा न्यौपाने, कोपिला विका कोइराला फत्तबहादुर थापा र लालबहादुर गुरुङ रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार