
गोरखा। गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्र बिजयी भएको छ ।
माओवादी केन्द्रको उम्मेद्धार मनोज गुरुङ वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनले ४६४ मत प्राप्त गरेका छन् ।
उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवारले ४३३ मत ल्याएका छन् । सो पालिकामा नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार गोबिन्द गुरुङले ४६०, माओवादी कैन्द्रका अध्यक्षका उम्मेदवार दिपक देवकोटाले ४३६ मत प्राप्त गरेका छन् ।
उपाध्यक्ष पदमा कांग्रेसका उम्मेदवारले ४६० र माओवादी केन्द्रका उम्मेदवारले ४४० मत ल्याएका छन् ।


