गोरखा । गोरखा नगरपालिका वडा नम्बर २ मा पनि नेपाली काँग्रेसकै प्यानल विजयी बनेकाे छ । जसमा वडाध्यक्षमा रहमतुल्ला मियाँले ५ सय ७६ मत ल्याउदै विजयी बनेका हुन् ।
वडाध्यक्षसहित वडासदस्यहरु पनि नेपाली काँग्रेसकै उम्मेदवारले जितेका छन् । उनका प्रतिद्धन्दी नेकपा एमालेका रामशरण बाँनियाँले ४१४ र माओबादी केन्द्रका ज्याउलरहमान मियाँले २९२ मत ल्याएका छन् ।
जसमा वडासदस्यहरुमा तिलक बाँनियाँ, कृष्णकुमार श्रेष्ठ, रञ्जिता थापा मगर र तारा विक विजयी बनेका छन् । वडा नम्बर २ बाट मेयर र उपमेयरमा समेत नेपाली काँग्रेसकै राजनराज पन्त र मसलीमाया थाेकरले बढि बत ल्याएका छन् । पन्तले ५७३ र उपमेयरले ५८७ मत ल्याएका हुन् ।