• सोमबार, भाद्र २९ २०८३

१६ जिल्लाका ७७ मतदान केन्द्रमा मतदान स्थगित, ६४ प्रतिशत मत खस्यो


शनिबार, बैशाख ३१ २०७९
590
Shares

 

हिजो शुक्रबार भएको स्थानीय तह निर्वाचन अन्तर्गत ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको छ।

निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले उत्पन्न विवादपछि देशका विभिन्न १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको जानकारी दिएको हो।

स्थगित भएका केन्द्रमा छिटै फेरि मतदान हुने गरी मिति तोकिने आयोगले जनाएको छ। आयोगका अनुसार लुम्बिनी र गण्डकी प्रदेशका कुनै पनि मतदान केन्द्रमा मतदान स्थगित भएको छैन। अन्य पाँच प्रदेशमा भने विवादका घटना आएको जनाइएको छ।

हिजो राति १० बजेसम्म प्राप्त प्रारम्भिक विवरण अनुसार करिब ६४ प्रतिशत मतदान भएको आयोगले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार