• शनिबार, साउन १६ २०८३

सात सय मत गन्दा पालुङटार १ मा जसपाको अग्रता


शनिबार, बैशाख ३१ २०७९
750
Shares

गोरखा । हिजो बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना सुरु भएको छ । ११ स्थानीय तह रहेको गोरखामा हरेक पालिकाको केन्द्रमा मतगणना सुरु भएको बताइएको छ । जसमा पालुङटारमा हिजो रातीबाटै मतगणना सुरु भएको हो ।

वडा नम्बर १ बाट सुरु भएको हालसम्मको मतगाणना अनुसार जनता समाजवादी पार्टीले अग्रता लिएको छ । हालसम्म वडा नम्बर १ अन्तरगत रहेको मतदान केन्द्रमध्ये स्थानीका प्रावि र अन्नपूर्ण मावि ग केन्द्रको मत गन्दा जनता समाजवादीलाई नगरप्रमुखमा २५५ र वडाध्यक्ष २५४ मा मत आएको छ । उपप्रमुखमा भने जसपाकाे उम्मेदवार छैन ।

त्यस्तै दोस्रोमा नेपाली काँग्रेसका नगरप्रमुखमा १९१, उपप्रमुखमा १८८ र वडाध्यक्षलाई १८७ मत आएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रका नगरप्रमुख १६४, उपप्रमुख १६९ र वडाध्यक्षलाई १६० मत आएको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार