• सोमबार, भाद्र २९ २०८३

गोरखामा गोली लागेर घाईते भएकी मनिषालाई हेलिकप्टरबाट काठमाण्डौँ लगियो


शुक्रबार, बैशाख ३० २०७९
900
Shares

गोरखा । गोरखाकाे भिमसेन थापा गाउँपालिका २ मा गोली लागेकी कर्मचारीलाई उपचारका लागि काठमाण्डाै लगिएकाे छ ।

प्रहरीकाे गाेली लागि घाइते भएकी गाविस भबन ताराखसे केन्द्रमा खटिएकी कर्मचारी मनिषा थापा मगरलाई हेलिकप्टर मार्फत काठमाण्डाै लगिएकाे हाे ।

मतदान केन्द्रमा नेपाली काँग्रेस र माओवादी कार्यकर्ताविच तनाव सिर्जना भएपछि नियन्त्रणमा लिन हवाई फायरको तयारी गर्दैगर्दा प्रहरी बन्दुक पड्किएपछि थापा घाइते भएकी थिइन्

तिघ्रामा गोली लागेर घाईते थापा मगरलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौँ लगिएको एसपी केदार खनालले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार