गोरखा । मतदान नसकिदै सकिदै गोरखामा गोली चलेकाे छ । गोरखाको भिमसेन थापा गाउँपालिका २ गाविस भबन ताराखसे मतदान केन्द्रमा गोली चलेको हाे ।
अज्ञात ब्यक्तिले चलाएको गोली लागेर सोही केन्द्रमा खटिएका सहायक कर्मचारी मनिसा थापा मगर घाईते भएकी छिन् । घटनापछि त्यस केन्द्रकाे मतदान प्रक्रिया रोकिएको छ ।