• सोमबार, भाद्र २९ २०८३

निर्वाचन आयोगले सोध्यो बाबुराम भट्टराईलाई चौबिस घण्टे स्पष्टीकरण


शुक्रबार, बैशाख ३० २०७९
790
Shares

निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।

भट्टराईले आज स्थानीय तहको निर्वाचनमा मतदान गर्दा मतसङ्केत गरेको मतपत्र सार्वजनिक गरेपछि आयोगले उनीलाई २४ घण्टा भित्र स्पष्टिकरण सोधेको हो।

‘निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ९ को उपदफा (२) बमोजिमको उक्त कसूरका सम्बन्धमा पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र स्पष्ट जवाफ पेश गर्न पत्राचार गरेको छ,’ आयोगले विज्ञप्तिमा भनेको छ।

भट्टराईले आज बिहानमा गृह जिल्ला गोरखामा मतदान गरेपछि मतसङ्केत गरेको मतपत्रको फोटो सामाजिक सञ्जालमा राखेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार