गोरखा । कन्द्रिय राजनीतिमा चर्चामा रहेका गोरखाका तिन नेताले मतदान गरेका छन् ।
स्थानीय तहका लागि तिन दलबाट प्रतिनिधित्व गर्ने डा बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र सुरेन्द्रराज पाण्डेले बिहान करिब ९ बजे आसपासमा मतदान गरेका हुन् ।
जनता समाजवादी पार्टीका संघिय अध्यक्ष भट्टराई र नेपाली काँग्रेसका केन्द्रिय सदस्य पाण्डेले पालुङटार नगरपालिका १ खाेप्लाङ्गकाे अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गरे भने नेकपा माओवादी केन्द्रका नेता श्रेष्ठले सिरानचाेक गाउँपालिका ८ जाैवारीकाे पराेपकार मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।
तिनै नेताले बिहान ९ बजेकाे आसपासमा मतदान गरेकाे बताइएकाे छ ।